कैलालीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

मंसिर - १३ । कैलालीको धनगढीमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।
सोमबार दिउसो करिब १ बजे ना ३ ख ७८२५ नम्बरको ट्रकले साइकलयात्रीलाई ठक्कर दिदा साइकलयात्रीको घटनास्थिलमै मृत्यु भएको हो ।
मृतकको हाल सम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
Dhangadi
Kailali
kailali ghatana
road accident