समाज

प्रमको व्यस्तताका कारण माओवादी बैठक स्थगित

प्रमको व्यस्तताका कारण माओवादी बैठक स्थगित
म‌ंसिर–१३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यस्तताका कारण नेकपा (माओवादी केन्द्र)को साेमबारकाे लागि तय भएको पोलिटब्युरो बैठक स्थगित भएको छ । संविधान संशोधन विषय लगायतका अन्य सरकारी काममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष व्यस्त हुनुभएकाले बैठक स्थगित गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिए । काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धुलिखेल पुगेका प्रधानमन्त्री सो कार्यक्रमलगत्तै अन्य आन्तरिक काममा व्यस्त भएकाले बैठक मङ्गलबार बिहान ११ बजेका लागि तय गरिएको उनले जानकारी दिए । बैठकमा संविधान संशोधन, तीनमहिने जनपरिचालन अभियान सञ्चालन तथा सरकारको काम कारबाहीका बारेमा छलफल गर्ने कार्यसूची रहेको छ । रासस

Maoist prime minister

विशेष