स्वास्थ्य

केसीको जीवन जोगाउन डिनलाई राजीनामा गराउने प्रयासमा गगन थापा

केसीको जीवन जोगाउन डिनलाई राजीनामा गराउने प्रयासमा गगन थापा

govinda-kc-nepalaaja


१७ दिन देखि अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिसँग वार्तामा रहेको सरकारी टोलीले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डा. केशवप्रसाद सिंहलाई राजीनामा गर्न आग्रह गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहलाई हटाएर वरिष्ठताका आधारमा डा. जगदिशप्रसाद अग्रवाललाई डिन नियुक्त गर्न निर्देशन दिएपछि वार्ता टोलीले सिंहलाई राजीनामा दिन आग्रह गर्ने भएको स्रोतले जनाएको छ । वार्ता टोलीले डा. सिंहलाई भेटे राजीनामा गर्न आग्रह गर्ने भएको हो ।

उनले राजीनामा गर्न नमाने बर्खास्त गर्ने तयारी सरकारले गरेको छ स्रोतको भनाइ छ । स्वास्थ्य मन्त्री गगन थापाले आइतबारको मन्त्रिपरिषद् बैठकमा डिन सिंहलाई राजीनामा गर्न लगाई डा. केसीको माग पुरा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

डा. केसीको माग बमोजिम त्रिविका उपकुलपति तिर्थ खनियाँको बर्खास्तका लागि एउटा समिति गठन गर्ने तयरीसमेत भएको छ । डिनको राजीनामाको विषयमा निष्कर्षपछि डा. केसीका प्रतिनिधिसँग सरकारी टोलीले पुनः वार्ता गर्नेछ । केसीका अन्य मागबारे भने केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच यसअघि नै सहमति भइसकेको छ ।

Akhukhola Hydro power Dr. Gobinda Kc

विशेष