समाज

गाँउलेले आफ्नै लगानीमा बनाए मोटरबाटो

गाँउलेले आफ्नै लगानीमा बनाए मोटरबाटो
मंसिर १४ । पाल्पाको  फोक्सिङकोटका स्थानीयवासीले आफ्नै श्रमदान र लगानीमा मोटरबाटो निर्माण गरेका छन् । जिल्ला सदरमुकाम तानसेनबाट करिब ४२ किलोमिटर पूर्वमा रहेको यस फोक्सिङकोट गाविसको किटेनी–खर्केहान–लाबे मोटरबाटो यहाँका स्थानीयवासीले निर्माण गरेका हुन् । लाबे गाउँका २४ घरधुरी र खर्केहान गाउँका १९ घरधुरी गरी ४३ घरधुरीले प्रत्येक घरधुरीबाट सहयोगस्वरुप उठाइएको रकम रु १८ हजारका दरले रु सात लाख ७४ हजार, फोक्सिङकोट गाविस कार्यालयबाट रु ८१ हजार तथा अन्य सहयोगबाट रु ७७ हजार ८५० गरी रु नौ लाख ३२ हजार ८५० को लागत र स्थानीयको श्रमदानमा मोटरबाटो निर्माण गरिएको उपभोक्ता समितिका कोषाध्यक्ष प्रेमबहादुर थापाले बताए । जिल्लाको विकट र दुर्गम क्षेत्रअन्तर्गत रहेको यस गाविसमा विकास निर्माणमा अन्य निकायले चासो नदेखाएपछि यहाँका स्थानीयवासीले रकम उठाएर मोटरबाटो निर्माण गरेको स्थानीय एवत सारुले बताए ।

Road in Nepal

विशेष