मनोरञ्जन

दक्षिण भारतीय कलाकार धनुषमाथि आयो यस्तो समस्या

दक्षिण भारतीय कलाकार धनुषमाथि आयो यस्तो समस्या
dhanesh
मंसिर – १४ । बलिउड चलचित्र ‘राँझणा’ र ‘कोलाबेरी’ बोलको गीतबाट आफ्नो परिचयलाई उच्च बनाएका दक्षिण भारतीय अभिनेता तथा गायक धनुष तनावमा छन् । एक वृद्धा दम्पतीले धनुषलाई आफ्नो छोरा भएको दाबी गरेपछि उनी तनावमा परेका हुन् । धनुषलाई तमिलनाडुका एक वृद्धा दमपतीले आफ्नो छोरा भएको बताउँदै अदालतमा याचिका दायर गरेका छन् । उक्त याचिकामा उनीहरुले धनुषसँग प्रति महिना ६५ हजार रुपैँयाको खर्च पनि माग गरेका छन् । धनुष दक्षिण भारतीय सुपरस्टार रजनीकान्तका ज्वाईं हुन् । ती वृद्धाले पेश गरेको याचिकाको सुनुवाई गर्दै अदालतले धनुषलाई उपस्थित हुन आदेश दिएको छ । अदालतमा धनुषको आमा बाबु भनिएका वृद्धाहरुले धनुषको जन्मदर्ता र एक फोटो पनि पेश गरेका छन् । धनुषको वास्तविक नाम कलैचेलवान भएको बताउँदै नाम परिवर्तन गरेर फिल्ममा आएको पनि उक्त याचिकामा उल्लेख गरेको बताइन्छ । – एजेन्सी

Dhanesh Rajanikant

विशेष