एसीसी अन्डर नाइन्टिन एशिया कपको खेल तालिका सार्वजनिक, नेपाल कठिन समूहमा


मंसिर – १४ । श्रीलंकमा हुने एसीसी अन्डर नाइन्टिन एशिया कपको खेल तालिका सार्वजिनक भएको छ । खेल तालिका एसीसीले मंगलबार सार्वजनिक गरेको हो । खेल तालिकामा नेपाल समूह 'ए' मा रहेको छ । समूहको पहिलो खेलमा श्रीलंका संग खेल्नेछ । समूह एमा नेपाल र श्रीलंकासंगै भारत र मलेसिया रहेका छन । यस्तै समूह 'बी' मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर छन् । डिसेम्बर १५ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा कोलम्बोमा नेपालले श्रीलंकासंग खेल्नेछ भने १६ तारिखमा नेपालको प्रतिद्वन्द्वी भारत रहेको छ । समूहको अन्तिम खेल भने नेपालले मलेसियासंग प्रतिस्पर्धा गर्नेछ । यसै प्रतियोगिताका लागि नेपालले ट्यालेञ्ट हन्ट मार्पmत खेलाडी छनोट गरेर हाल क्याम्प राखेको छ । सो क्याम्पबाट १९ खेलाडी छनोट गर्ने प्रक्रियामा रहेको छ । समूहमा शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन । फाइनल खेल २३ तारिखमा हुनेछ । ACC ACC U-19 Asia Cup U-19 Asia Cup