खेल

एसिया कप महिला त्रिकेटको तेस्रो खेलमा पनि नेपाल पराजित

एसिया कप महिला त्रिकेटको तेस्रो खेलमा पनि नेपाल पराजित
woman-cricket-team
मंसिर – १४ । नेपाल बंगलादेशसँग ९२ रनले पराजित भएको छ । थाइल्याण्डको एशियन इन्सिच्युड अफ टेक्नोलोजी मैदानमा जारी एसिया कप महिला ट्वेन्टी ट्वेन्टी त्रिकेटमा बंगलादेशसँग ९२ रनले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारीत २० ओभरमा चार विकेट गुमाउदै एक सय ३३ रन बनाएको थियो । १ सय ३४ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभर ३ बलमा सबै विकेटको क्षतिमा ४१ रनमात्र बनाउन सक्यो । नेपालका लागि सीता रानामगरले १४ बलमा १५ रन भने अन्य महिला खेलाडीहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशकी फाहिमा खातुनले ४, नहिदा अख्तेरले २, सुरया अजमिम, रुमाना अहमद, जाहानारा आलम र पन्ना घोषले एक एक विकेट लिए । बंगलादेशकी निगर सुल्तानाले ४१ बलमा ३९ रन तथा सन्जिदा इस्लामले ४० बलमा ३५ रन बनाए । यस्तै शाहिला शर्मिनले १७ बलमा १९ रन र रुमाना अहमदले ९ बलमा १७ रन बनाए । नेपालका लागि संगीता राईले २ तथा रुबिना क्षेत्री र सीता रानामगरले एक एक विकेट लिए । प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले र दोस्रो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो ।

ACC Woman T - 20 asia cup Woman Cricket

विशेष