मनोरञ्जन

हिम्मतवाली आश्विनीकाे बाइक स्ट्ण्ड

हिम्मतवाली आश्विनीकाे बाइक स्ट्ण्ड
bike मंसिर - १४, चन्द्रौटा । हामी सबैले मेला महोत्सव पक्कै पनि मौतका कुवा खेल त हेरेकै छौं । अग्लो ठाडो भित्तामा कार, बाइक दौडाएको हामीले मज्जा मानि हेर्छौ । तपाईले कतिले हेर्नु भएकोछ ? त्यस्तो खतरपूर्ण खेलमा कति रिक्स हुन्छ होला । भित्तामा बाइक दौडाउनु सानो मुटु र हिम्मतले सकिदैन । त्यसको तालिम र म गर्न सक्छु भन्ने आत्मविश्वास र हिम्मत चाहिन्छ । bike-3 बुटवल फुलबारीकी आश्विनी केसीले यो खतरापूर्ण खेल देखाएर लाखौं दर्शकलाई मनोरन्जन दिदै आएकी छिन । २४ औं बसन्त पार गरेकी आश्विनीले भित्तामा बाइक दौडाउदा धरै हुटिङ्ग र तालि आउने गर्दछ । हेदै गर्दा कति आँटिली केटी हो भन्दै दर्शक मनोरन्जन लिने गर्दछन । bike-2 राजधानी इन्स्योमेन्ट संघमा करिब १ बर्ष अघि जोडिएकी आश्विनी आफूले स्ट्ण्ड गरेको देखेर दर्शक खुसी हुदाँ निकै आन्नद आउने गरेको बताउछिन् । सानैदेखि उट्पट्याङ्ग गरेर केहि फरक गर्ने सोच भएकी आश्विनीलाई अहिले आफ्नो करियर पनि यहि मौतका कुवाँमा स्ट्ण्ड गर्लका रुपमा बनाउने लक्ष्य रहेको छ । खेल हेरे पछि जो कोहीले पनि उनलाई अहिले हिम्मतवालीको उपमा दिदै आएका छन ।
- दिपक केसी / कपिलवस्तु

Asbini KC

विशेष