समाज

अपाङ्गता भएका नागरिकलाई विशेष स्थान दिन माग

अपाङ्गता भएका नागरिकलाई विशेष स्थान दिन माग
मंसिर - १४ । अखिल नेपाल क्रान्तिकारी अपाङ्ग सङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राज्यको सबै क्षेत्रमा अपाङ्गता भएका नागरिकलाई विशेष स्थान दिन माग गरेको छ । सङ्घले आज नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा नौबुँदे ज्ञापनपत्र बुझाउँदै राज्यको हरेक तहमा १० प्रतिशतको हाराहारीमा रहेका अपाङ्गता भएका नागरिकलाई सहभागी गराउन माग गरेको हो । भूकम्पपीडित अपाङ्गता भएका नागरिकलाई पुनःनिर्माणका लागि थप आर्थिक सहयोग व्यवस्था गर्न, प्राविधिकलगायत सबै किसिमको शिक्षा निःशुल्क बनाउनुपर्ने, प्रधानमन्त्री तथा सबै मन्त्रालयमा अपाङ्गता कक्ष बनाउनुपर्ने, विकास निर्माणमा केन्द्रदेखि स्थानीय तहसम्म सबै निकायमा अपाङ्गता भएका नागरिकको प्रतिनिधित्व हुनुपर्ने माग सङ्घले राखेको छ । यस्तै सङ्घले गुठी संस्थान, जनक शिक्षालगायतका निकायबाट अपाङ्गता भएका नागरिकलाई हटाइएकामा आपत्ति जनाउँदै तत्काल पुनः बहालीको मागसमेत गरेको अध्यक्ष टेकनाथ न्यौपानेले जानकारी दिए । प्रधानमन्त्रीले सङ्घका जायज माग पूरा गरिने बताएकाे उनकाे भनाइ छ ।

Apangata

विशेष