खेल

राष्ट्रिय युवा अभियानले भलिवल प्रतियोगिता आयोजना गर्ने

राष्ट्रिय युवा अभियानले भलिवल प्रतियोगिता आयोजना गर्ने
15301247_1339993422677830_1214927236_n मंसिर - १५ । नयाँ शक्ति नेपाल निकट युवा संगठन राष्ट्रिय युवा अभियानले भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘रनिङ राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता’ नाम दिइएको उक्त खेल आगामी माघ २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुन लागेको हो । प्रथम संघीय महाधिवेशनको पूर्वसन्ध्यामा युवा अभियानले उक्त प्रतियोगिता गर्न लागेको राष्ट्रिय युवा अभियानका संयोजक कमल शाहीले जानकारी दिए । नेपालमा भलिवल खेलको विकासको लागि उक्त प्रतियोगिता गर्न लागिएको शाहीको भनाइ छ । प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागिय टिमको सहभागिता हुने युवा अभियानले बताइएको छ । त्यसका लागि राष्ट्रिय भलिवल संघलाई पत्राचार गरी सहयोग गरिदिन राष्ट्रिय युवा अभियानले आग्रहसमेत गरेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद पुरस्कार राशीे तीन लाख पचास हजार, द्वितिय टोलीलाई दुई लाख रुपैयाँ र सेमिफाइनल खेल्ने टोलीलाई सान्त्वनास्वरुप पचास हजार रुपैयाँ दिइनेभएको छ । प्रतियोगितामा सहभागी टिमलाई दैनिक भत्ता र आवासको व्यवस्थासमेत युवा संगठनले गर्ने संयोजक शाहीले बताए । खेलको संयोजन राष्ट्रिय युवा अभियानका कुमार गुरुङले गर्ने भएका छन् ।

Volleyball Youwa Abhiyan

विशेष