मनोरञ्जन

जब रणवीर कपूरले रणभीर सिंह र दीपिका पादुकोणलाई बच्चा जन्माउन भने....

जब रणवीर कपूरले रणभीर सिंह र दीपिका पादुकोणलाई बच्चा जन्माउन भने....
randavir-ranbhir-karan
मंसिर - १५ । बलिउड निर्देशक करण जोहरको शो ‘कफी विथ करण’ मा जब कोही कलाकार पुग्छन् केही न केही कन्ट्रोभर्सीमा फस्छन् । अर्थात, भारतीय मिडियाले त्यो कुरालाई व्यापक रुपमा फिजाइदिन्छ । जब अभिनेता राणभीर सिंह र रणवीर कपूर उक्त शोमा पुगे उनीहरु दुईले गरेको एक मजाक पनि समाचार बन्न पुग्यो । कुराकानीको क्रममा रणवीर कपूरुले रणभीर सिहंलाई दीपिकाले र रणभीरले विवाह गरेर बच्च जन्माउनु पर्ने सल्लाह दिएका छन् । उक्त प्रश्नलाई लिएर मिडियाले जब रणवीरलाई प्रश्न गर्यो उनले सहज जवाफ फर्काए – ‘कफी विथ करण एक टाइम पास गर्ने शो हो । त्यसकारण त्यहाँ धेरै अनावश्यक र बेवकुफ कुरा हुने गर्र्दा यो कुनै ठूलो प्रश्न होइन र यसलाई गम्भीरतापूर्वक लिइनु जरुरी छैन ।’ आफ्नो आउँदै गरेको चलचित्र बेफिक्रीको प्रचार–प्रसारको क्रममा उनले यो कुरा खोलेका हुन् । रणवीर र आफू सँगै एकदम रमाइलो गर्ने भएको र उक्त शो हेरेर आफूलाई पनि एकदम रमाइलो भएको रणभीरले बताए । बजारमा चल्ने विभिन्न हल्लाहरुको आफू वास्ता नगर्ने र ती कुराहरुलाई गम्भीरतापूर्वक नलिने उनले बताउँछन् । आफ्नो ध्यान कसरी राम्रो कलाकार बन्ने र राम्रो फिल्ममा काम गर्ने भन्नेमा मात्र केन्द्रित भएको रणभीरले बताएका छन् । उनी अभिनित फिल्म ‘बेफिक्री’ यही आउँदो डिसेम्बर ६ मा प्रदर्शनमा आउँदै छ । फिल्ममा अभिनेत्री भानी कपूरले रणभीरसँग जोडी बाँधेकी छिन् । एजेन्सी

Karan Jauhar Ranbhir Kapur Ranvir Shing

विशेष