मनोरञ्जन

आमीर खानले गरे यस्तो चमत्कार [भिडियाेसहित]

आमीर खानले गरे यस्तो चमत्कार [भिडियाेसहित]
aamir-khan मंसिर – १५ । फिल्म दंगलको लागि अभिनेता आमीर खानले खुबै सास्ति झेल्नुपरेको बताउँछन् । उक्त फिल्मको लागि उनले आफ्नो तौल ९७ किलो बनाएका थिए । उही तौललाई सिक्स प्याकमा परिणत गराएर आमिरले चमत्कार गरिदिएका छन् । उनको शरीरमा ३७ प्रतिशत फ्याट थियो । फेरि फिल्मको लागि तौल घटाएर फिट हुनुपर्ने भयो । तौल घटाउने क्रममा ज्यादै गाह्रो भएको र बीचमा झण्डै छोडिदिएको आमीरले बताए । सुरुवाती दिनमा आमीर निकै आत्तिसकेका थिए । हार मानिसकेका आमीरले विभिन्न सहयोगीको सहयोग र साथले आफ्नो ज्यान बनाउने काम छोडेनन् । तीन महिनासम्ममा उनको शरीरले अकै रुप लिदैँ गयो । तीन महिनापछि शरीरमा आएको हल्का परिवर्तनले बल्ल उनीमा प्रोत्साहन मिल्न थाल्यो र जोसलाई अझ बढि बढाउन सफल भए । करिब पाँच महिनामा उनको बाहिर निस्केको भुँडि सिक्स प्याकमा परिणत भइसकेको थियो । आमीरले ९७ किलोको शरिरलाई फिट बनाउन गरेका प्रयत्न तलको भिडियोमा हेर्न सकिन्छ ।

Aamir Khan Dangal

विशेष