देश

व्यापार संघ कपिलवस्तुद्वारा प्रदेश नं. ५ टुक्राउन नहुने भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

व्यापार संघ कपिलवस्तुद्वारा प्रदेश नं. ५ टुक्राउन नहुने भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
gyapan-patra-1 मंसिर – १५, चन्द्रौटा । व्यापार संघ कपिलवस्तुले ५ नं. प्रदेशलाई टुक्राउने विद्येयकमा असहमति जनाउदै इलाका प्रशासन कार्यालय चन्द्रौटा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । प्रदेश नं. ५ राज्य पुन संरचना गर्दा अपनाइने सबै माप दण्ड अनुसार पहिचान र सामथ्र्यका हिसाबले निमार्ण भएको, विभिन्न जात जाति धर्म संस्कृति, प्राकृतिक स्रोत साधन, शिक्षा, स्वास्थ्य र व्यापारिक हिसावले मिलेर बनेको प्रदेश नं. ५ लाई कदापी टुक्राउन नहुने भन्दै संघले ज्ञापन पत्र बुझाएको हो । अलग अलग जिल्ला भए पनि सदियौंदेखि यस प्रदेशका जनता मिलेर बस्दै आएको प्रदेशको भूबनावटले जनतालाई एकतामा बाधेको हुनाले जनताको भावनाको उच्च कदर गर्दै प्रदेश टुक्राउन दर्ता भएको प्रस्ताव फिर्ता लिन ज्ञापन मार्फत सरकारलाई संघले आग्रह गरको छ । शान्त रहेको प्रदेश नं. ५ लाई टुक्राउने प्रस्तावले यस क्षेत्रको जनजीवनमा नकारात्मक प्रंभाव पर्न जादा उद्योग व्यापार तथा अन्य गतिविधीमा समेत असर पर्न जाने र साम्प्रदायिक सद्भाव समेत खलबल हुने हुदाँ जनभावना नबुझि प्रदेश नं. ५ लाई टुक्राउने कामलाई अगाडि बढाए त्यसको प्रतिरोधका निम्ती आन्दोलनमा जनता संगै व्यापार संघ कपिलवस्तु पनि जाने संघका अध्यक्ष महादेब पोखरेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ । gyapan-patra ज्ञापन पत्र बुझ्दै इलाका प्रशासन कार्यालय चन्द्रौटा प्रमुख मेघनाथ पाध्यले व्यापार संघ कपिलवस्तुले दिएको ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यलयमा पुराउने प्रतिवद्धता व्यक्त जनाए । व्यापार संघ कपिलवस्तुले भने जनताको भावना कदर नभई प्रदेश टुक्राइए आन्दोलनमा जाने र आन्दोलन बाट हुने सम्पूर्ण जनधनको क्षति प्रति सरकार स्वंय जवाफदेही हुनु पर्ने भन्दै ज्ञापन पत्र बुझाएको छ ।
- दिपक केसी / कपिलवस्तु

Gyapan Pratra Pradesh -5

विशेष