स्वास्थ्य

चिल्लो खानाले थकान तथा निद्रा बढी लाग्ने

चिल्लो खानाले थकान तथा निद्रा बढी लाग्ने
fat-health अमेरिकामा भएको एक अध्ययनका अनुसार चिल्लो पदार्थयुक्त खानाले मानिसको सर्तकता क्षमतालाई प्रभावित पार्ने देखाएको छ । यस्ता खानाले मानिसमा थकान पैदा गर्ने उक्त अध्ययनले खुलासा गरेको छ । यस नतिजाले चिल्लो पदार्थयुक्त खानाले मानिसहरुलाई बढी मात्रामा निन्द्रा लाग्ने, मन्द बनाउने जस्ता असर गर्ने अध्ययनबाट देखिएको छ । कार्बाेहाइड्रेटयुक्त भोजनले मानिसमा सतर्कता बढाउने तथा प्रोटिनले मानिसको सतर्कताप्रति कुनै सम्बन्ध नरहेको कुरा पनि यस अध्ययनले देखाएको छ । साइन्स डेली पत्रिकामा छापिएको यस अध्ययनका मुख्य शोधकर्ता अलेक्जेडर्स वगोनटाज्सका अनुसार चिल्लो पदार्थयुक्त खानाले स्वस्थ तथा साधारण मानिसको सतर्कता तथा चलाख क्षमतामा एकदमै खराब असर गर्ने गर्दछ । अहिलेको आधुनिक विश्वमा अनिद्रा तथा थकान सामान्य भइसकेको छ । यसले ठूलो असर गर्न सक्ने र यस्ता समस्याहरु वृद्धि भइरहेको पनि शोधकर्ताहरु बताउँछन् । उच्च चिल्लो पदार्थयुक्त भोजनले सतर्कता क्षमतामा एकदमै कम गर्ने र काम गर्ने क्षमता र योग्यतालाई पनि प्रभाव पार्ने गर्दछ ।

Fat Food

विशेष