समाज

गणतन्त्र खतरामा : सञ्चारमन्त्री

गणतन्त्र खतरामा : सञ्चारमन्त्री
मंसिर–१५ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेताले दह्रो खुट्टा नटेक्दा गणतन्त्र खतरामा पर्ने अवस्थामा आएको बताएका छन् । सिन्धुलीको जरायोटारलाई आज खुला दिसामुक्त गाविस घोषणा गर्दै उनले नेपाली जनताको वर्षौदेखिको बलिदानीपछि प्राप्त उपलब्धिलाई अबका नेताले गुमाउन लागेको आरोप लगाए । महिला, आदिवासी जनजाति, मुस्लिम, थारुलगायत उत्पीडनमा परेका समुदायले अधिकार माग्दैमा राज्यले खुट्टा कमाउन नहुने उल्लेख गर्दै उनले अधिकार माग्नेले राज्य नै नमागेका हुँदा अन्य जाति र समुदायले आत्तिनु नपर्ने बताए । उनले अबको दुई महिनामा सिन्धुलीको ग्रामीण क्षेत्रमा सञ्चारको पहुँच पुर्याउने प्रतिबद्धता व्यक्त गरे । सिन्धुलीको लाम्पान्टार गाविस–३ सिकारी डाँडामा नेपाल टेलिकमबाट टावर निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा नआएको गुनासो आएपछि अबको दुई महिनामा तिनपाटन र मरिण क्षेत्रका जनतालाई सञ्चार सुविधा पुर्याउने प्रतिवद्धता मन्त्रीबाट व्यक्त भएको हो । जरायोटार गाविससहित अहिलेसम्म जिल्लाका ४२ गाविसलाई खुला दिसामुक्त घोषणा गरिसकिएको छ । बाँकी आठ गाविस र दुई नगरपालिकालाई पनि खुला दिसामुक्त घोषणा गर्ने तयारी भइरहेको जिविसका वास फोकल पर्सन मल्लव अधिकारीले जानकारी दिएका छन् । रासस

surendra kumar karki

विशेष