५ नम्बर प्रदेश टुक्राउन खोजेको भन्दै पाल्पा बन्दको घोषणा

मंसिर – १५ । संविधान संशोधनमा ५ नम्बर प्रदेशलाई टुक्राउन खोजेको विरोधमा भोली बिहीबार पाल्पा बन्द हुने भएको छ । पाल्पाका युवा, तरुण विद्यार्थीले भोलि बिहीबार पाल्पा बन्दको घोषणा गरेका हुन् ।
उनीहरुले सरकारले विधेयक फिर्ता नलिएसम्म विभिन्न आन्दोलनको कार्यक्रम गर्नेसमेत बताएका छन् । संविधान संशोधनका विरुद्धमा सबै युवा, विद्यार्थी र तरुण एकजुट भएर आन्दोलन अघि बढाएको छ ।
सरकारको संविधान संशोधनमा ५ नम्बर प्रदेश टुक्राउने एजेण्डा फिर्ता नलिएसम्म सरकारी सवारी साधनलाई तानसेन बजारमै गुड्न नदिनेसमेत युवा, तरुण विद्यार्थीले बताएका छन् ।
Palpa
palpa banda