सातौँ राष्ट्रिय खेलकुदको मिति अब नसर्ने
मंसिर–१५ । युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले साताैँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्धारण गरिएको मिति नसर्ने बताएका छन् ।
इटहरीमा सातौँ राष्ट्रिय खेलकुदको तयारीबारे गरिएको एक अन्तक्र्रियामा उनले अब आर्थिक वा अन्य कुनै पनि कारण पुस ८–१५ गतेसम्म तोकिएको मितिभित्रै प्रतियोगिता सम्पन्न गर्ने गरी तयारी भइरहेको जानकारी दिए ।
साताैँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई राष्ट्रिय गौरवका रुपमा लिइदिन पूर्वाञ्चलवासीमा विशेष आग्रह पनि मन्त्री श्रीपाइलीले गरे ।
सोही अवसरमा राखेपका सदस्य सचिव केशवकुमार विष्टले पाँचपटकसम्म मिति तोकिएर पनि सर्दै आएको साताैँ राष्ट्रिय खेलकुद प्रतियोगिता अहिलेको राज्य पुनःसंरचनाका हिसाबले पहिलो र अन्तिम हुने बताए ।
कतिपय खेल पूर्वाधारका अभावमा राजधानी काठमाडाैँमा गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले पूर्वाञ्चलमा ३० वटा खेल मात्रै हुने अवस्था रहेको बताइन्छ ।
सुनसरीका प्रजिअ लोकनाथ पौडेलले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन सुनसरी, मोरङ र झापाका प्रजिअ र सुरक्षा निकायका प्रमुख समन्वय गरिने बताए । रासस
seventh national competition