समाज

आगलागी हुँदा छ लाखको क्षति

आगलागी हुँदा छ लाखको क्षति
मंसिर–१५ । भान्छा कोठाबाट सल्किएको आगोले खोटाङमा एक घर जलेर छ लाख भन्दा बढीको धनमाल क्षति भएको छ । दिक्तेल नगरपालिका–६ सोल्माका धौलराज राईको घरमा बुधबार दिउँसो आगलागी भएको हो । दिउँसो खाजाका लागि केटाकेटीले भान्छा कोठाको चुल्होमा बालेको आगो सल्कँदै गएर राईको पूरै घर जलेर नष्ट भएको प्रत्यक्षदर्शीले बताएका छन् । आगलागीबाट जस्तापाताको छानो भएको तीनतले घर, अन्नपात, लत्ताकपडा, काठपातलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए । अपराह्नमा भएको आगलागीलाई स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । नगरपािलका भित्रै आगलागी भएको भए पनि बारुणयन्त्र घटनास्थल पुग्न नसक्दा ठूलो क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

khotang

विशेष