स्वास्थ्य

अम्लपित्त (Hyperacidity) के हो ? कारण, लक्षण र आयुर्बेदिक उपचार

अम्लपित्त (Hyperacidity) के हो ? कारण, लक्षण र आयुर्बेदिक उपचार
acidity-nepalaaja
अधिकांस मानिसहरुलाइ यो रोगले सताएको पाइन्छ । पाचकपित्त बिभिन्न कारणले अमिलो भै रोगको रुपमा आयो भने यस्लाइ अम्लपित्त भनिन्छ । पाचन प्रणालिको सुरु अवस्थामा खाएको कुरा अमिलो भै नपच्ने अवस्था हुन्छ । कारण
१) समयमा र मात्रा अनुसार खाना नखानु । २) अमिलो, पीरो, बढी तातो, तारेको, भुटेको खाना धेरै खानु । ३) दही, मही, तेल, घिउमा पाकेको बस्तु मिठाइ, सेलरोटी बढी खानु । लक्षणहरू
१) बढी डकार आउनु, डकारसँग अमिलो पानी वा गन्ध आउनु । २) खान मन नलाग्नु तथा वाकवाकी लाग्नु । ३) कहिलेकाही अमिलो, तितो तथा थोरै वा धेरै बान्ता हुनु । ४) छाती, घाटी तथा पेट पोल्नु र रोग धेरै बढेमा आँखा, हात खुट्टा समेत पोल्नु । सामान्य चिकित्सा
१) पेट खाली नराख्ने, बढी पानि नखाने र समयमा खाने । २) मन तातो दुध पिउने वा जौको सातु वा चनाको सातु एक दुइ चम्चा एक गिलास पानीमा घोलेर पिउने । ३) उमालेर सेलाएको पानी प्रयोग गर्ने । ४) मेवा, अनार, अमला जस्ता फल प्रयोग गर्ने तथा नरिवलको पानी, गुलियो मुला खाने । औषधी चिकित्सा
१) गुर्जो, निमको बोक्रा, परवलको पात, त्रिफला बराबर राखेर उमालेर पाकाएको रस(क्वाथ) महसँग खानाले अम्लपित्त रोग नास हुन्छ । २) द्राक्षा एक भाग, हर्‍रो एक भाग जम्मा दुइ भाग् र चार भाग मिश्रीमा मिलाएर २ तोलाको गोलि बनाइ प्रती दिन एक गोलि खाने । ३) अभिपत्तिकर चुर्ण एक एक चम्चा बिहान बेलुका पानीसँग खाने । ४) सुतशेखर रस २५० मि.ग्रा. २/२ दिनमा दिनमा मन तातो दुध वा पानीसँग खाने । ५) शंख भस्म, कौडी भस्म, प्रबाल वा शुक्त्ती भस्म मध्ये कुनै एक २५० mg पानीसँग दिनमा २ पटक खाने । ६) त्रीफला ३ ग्राम राती सुत्ने बेलाम एक गिलास मन तातो पानीसँग खाने ।

amlapit hyperacidity

विशेष