मनोरञ्जन

सर्ट फिल्मका नाममा नायिकाको यसरी हुँदो रहेछ शोषण

सर्ट फिल्मका नाममा नायिकाको यसरी हुँदो रहेछ शोषण

nishaसर्ट फिल्ममा काम गर्ने अधिकांश कलाकार विभिन्न हिसाबले शोषणको शिकार भइरहेको स्यंम कलाकारहरुनै बताँउछन् । नबुझिकन फिल्म खेल्न आउनेहरु यहाँ अश्लील फिल्म खेल्न बाध्य भइरहेका छन् । दर्जन जति सर्ट फिल्ममा अभिनय गरेकी नायीका निशा घिमीरे भन्छिन् । यहाँ त सर्ट फिल्मको नाममा नयाँ केटी ल्याएर अनुहार बेच्ने काम भइरहेको छ ।

युवतीलाई नंग्याएर उनीहरु पैसा कमाइरहका छन् । यस्तो गरेर कहिलेसम्म टिक्ने हो त ? । उनले आफूलाई म्युजिक भिडियो भन्दै झुक्याएर सर्ट फिल्म खेलाएको तितो अनुभव पनि साटिन । मलाई निर्देशक आरएस बस्नेतले म्युजिक भिडियोमा खेल्नका लागि भनेर पोखराबाट बोलाए । उनले सम्झिइन म गएँ त्यतिबेलासम्म मैले दुइवटा म्युजिक भिडियोमा काम गरिसकेकी थिए । सुटिङ अवधिभर मलाई म्युजिक भिडियो नै भनेका थिए । लभ सिन हो अलि अलि चाहिन्छ भन्दै किस सिनहरु दिन लगाए । भिडियो होइन जस्तो लागेर मैले प्रश्न नै उठाँए । पछि काठमाडौंमा सम्पादन गर्ने बेलामा मात्र मलाई थाहा भयो सर्ट फिल्म रहेछ । बलत्कार ३ नामक उक्त फिल्म आफैलाई हेर्न लाज लाग्छ । उनले आफ्नो तितो अनुभव सुनाइन । त्यसपछि आफ्नै परिवारबाट खुब गाली खाँए ।

अर्चना पनेरु र ज्योति मगरलाई टक्कर दिने नायिका भनेर युटुबमा खुब प्रचार गरियो । अहिले त्योे फिल्म युटुबबाट हटाउन संघर्ष गरिरहेकी छु । तर मान्दै मान्दैनन् के गर्ने होला ? उनले भोगेको यो पीडा यतिकैमा सकिदैन । कुलेन टिभी अपलोड भएको सर्ट फिल्म उताउनले मन सुटिङका क्रममा पनि उनले दुव्र्यबहार खेप्नु पर्यो निर्देशक अर्जुन थापा अविरलले फिल्म हो यो भन्दै दुव्यवहार गरे । उनले सुटिङका क्रममा मलाई दुव्यवहार गरेको कहिल्यै भूल्न सक्दिन । अलि तल अलि तल भन्दै छाती नै देखाउन उनले लगाए ।

spआवश्यक परे जस्तो सुकै सिन दिन पनि तयार छु भन्दै अन्तर्वार्ता दिने अभिनेत्री सपना लामिछानेका पनि थुप्रै सर्ट फिल्महरु युटुबमा भेटिन्छन् । उनी निकटकाहरु भन्छन् सर्ट फिल्मका नाममा हुने शोषणका कारण उनले यस्तो फिल्म नखेल्ने निर्णय गरेकी थिइन ।

शोषणमा महिला मात्र होइन पुरुष पनि परेका छन् । २ सय ७० भन्दा मानी सर्ट फिल्महरुमा काम गरिसकेको बताउने अभिनेता आर्यन बोगटी युटुबमा भ्युअर्स बढाएर पैसा कमाउने लोभमा अरुलाई नंग्याउने मेकरहरु व्याप्त रहेको बताउछन् ।

यता सय भन्दा बढी सर्ट फिल्म निर्माण भइसकेको बताउने शंकर अधिकारी घायल भने आफूले अहिले सम्म कोही कलाकारको शोषण नगरेको बताउनंछन् । शुक्रबारबाट

Sapana Lamichane

विशेष