समाज

लाखौँ सहयोग गर्ने तर चिनिन नचाहने यि दानवीर !

लाखौँ सहयोग गर्ने तर चिनिन नचाहने यि दानवीर !

sahayog उनी काठमाडौंका हुन्, अमेरिकाको टेक्सासमा बस्छन् । नेपालका गतिविधिलाई नजिकबाट नियालिरहन्छन् । दुःख र दुःखीका कथाव्यथा सुने सहयोगका लागि अघि बढ्छन् । पत्रकार अमृता लम्सालका शब्दमा उनको सहयोग गर्दा उनको एउटा सर्त हुन्छ, ‘मेरो नाम र पहिचान कतै नखुलोस् ।’

‘किन ?’ केही समय अमेरिका बसेकी र संचारिका समुहको संस्थापकका रुपमा संर्घषशील पत्रकारको छबी बनाएकी लम्सालसँग यो प्रश्नको ठोस उत्तर छैन । उनी भन्छिन्, ‘उसलाई सहयोग प्रचार गर्न मन पर्दैन, सायद । उ गुमनाम तरिकाले सहयोग गर्न चाहन्छन् ।’

भुकम्पका बेला उनी नेपालीलाई सहयोग उठाउन लागि परे । आफैँले कति सहयोग गरे । लम्सालमार्फत नै उनले एक हजार डलर (नेपाली एक लाखभन्दा बढी) डाक्टर मोनिशा कार्कीलाई दिए । कार्कीले सिन्धुपाल्चोकमा भुकम्प पीडितका लागि सहयोग गरेकी थिइन् । भुकम्पको बेला एक प्याकेट चाउचाउ बाँडेर सेल्फी खिचेका तस्बिर पोष्ट गर्नेहरु पनि थिए । तर, लाख लाख बाड्ने उनी गुमनाम रहे ।

पत्रकार कर्ण बोहोराको निधन र उनकी श्रीमतीलाई परेको कठिनाइका बिषयमा पत्रकार देबकी विष्टले नेपाल आजमा अनुभुति लेखिन् । लम्सालले सो लेख आफ्नो फेसबुकवालमा सेयर गरिन् । नेपालमा सो लेख सेयर गर्दा अमेरिकामा रातको २ बजिसकेको थियो ।

उताबाट युवकले लम्साललाई मेसेज गरे । लम्सालको मनमा चिसो पस्यो, कहीं घरपरिवारलाई केही त भएन । ‘तपाईले सेयर गरेको लेख पढेर मेरो मन थामिएन । निन्द्रा परेन । म सहयोग गर्न चाहन्छु ।’ युवकले एकपछि अर्को म्यासेज पठाए ।

भोलि पल्ट उनले सात सय अमेरिकन डलर अर्थात पचहत्तर हजार रुपैयाँ पठाए । लम्सालले कर्णकी श्रीमती ममतालाई आफ्नो तर्फबाट पाँच हजार थपेर ८० हजार ४ सय पन्ध्र रुपैयाँ सहयोग गरिन् । सहयोग हस्तान्तरण गर्दा नेपाल आजका सम्पादक नारायण पौडेल र लेखिका विष्ट दुबै सँगै थिए । उनीहरुले सोधे, ‘अफ द रेकर्डमा त भन्न मिल्छ ? भन्नु न ।’ ‘म उसको स्विकृति नलिइ भन्न सक्दिन ।’ लम्साल मुस्कुराइन् ।

सहयोग ठाऊँमा पुगेको जनाउँन लम्सालले रसिद र सहयोग दिँदै गरेको तस्बिर फेसबुकमा पोष्ट गरिन् । तर, त्यहाँ चलाखी अपनाइएको थियो । पठाउने व्यक्तिको नाममा कालो मसी पोतिएको थियो ।

धर्मशास्त्रमा रुची राख्ने पत्रकार ध्रुब रिजालका शब्दमा नीतिशास्त्रमा दान दातव्यको कुरा गोप्य राख्नुपर्छ भनिएको छ । ‘एउटा हातले दिएको दान अर्को हातले थाहा हुनुहुँदैन ।’ नीति शास्त्रको उदृत गर्दै रिजाल भन्छन्, ‘यी जो भएपनि असली दानबीर हुन्, सुको सहयोग गरेर संसारभर हल्ला फैलाउने भन्दा विल्कुल फरक !’

र, योपनि

कर्णपत्नी ममतालाई ८० हजार सहयोग

‘छोरालाई आर्यघाटमा सेलाएर म कसरी फर्कूँ ?’

यस कारण कर्णका नाममा आँशु चुहाउन म आर्यघाट गइनँ

Karna Bohara

विशेष