स्वास्थ्य

डा. केसीको अनसन तोडाउन स्वास्थ्य मन्त्रीद्वारा प्रधानमन्त्रीसँग छलफल

डा. केसीको अनसन तोडाउन स्वास्थ्य मन्त्रीद्वारा  प्रधानमन्त्रीसँग छलफल

dr-kc

मंसिर १६ । आमरण अनसनरत डा गोविन्द केसीको अनसन तोडाउने बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालसंग स्वास्थ्य मन्त्री गगनकुमार थापा र शिक्षा मन्त्री धनिराम पौडेलले छलफल गरेका छन् । सरकारी पक्ष र डा केसी पक्षकावीचमा केहीदिनदेखि भईरहेको बार्ता निश्कर्षमा पुग्न नसकेपछि स्वास्थ्य मन्त्री थापाले निकाल निकाल्नका लागि शिक्षा मन्त्री पौडेललाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेको मन्त्री थापाका प्रेस संयोजक जीवन भण्डारीले जानकारी दिए ।

छलफलका क्रममा स्वास्थ्य मन्त्री थापाले समाधानका उपायहरु बारे प्रधानमन्त्रीलाई अवगत गराएको र प्रधानमन्त्री प्रचण्डले सोही अनुरुप निर्देशन दिने बताएका थिए ।

स्वास्थ्य मन्त्री थापाले प्रधानमन्त्रीलाई कुनैपनि हालतमा डा केसीको अनसन बिहीबारै तोडाउनै पर्नेमा जोड दिएका थिए । प्रधानन्त्रीसँगको भेटपछि स्वास्थ्य मन्त्री थापाले अहिले अन्य सरोकारवालाहरुसँग छलफल गरिरहेका छन् ।

Dr. Gobinda Kc Gagan Thapa

विशेष