मनोरञ्जन

सुनिल सेट्टिका छोराको बारेमा सलमानले दिए यस्तो प्रतिक्रिया

सुनिल सेट्टिका छोराको बारेमा सलमानले दिए यस्तो प्रतिक्रिया

ahan एजेन्सी — बलिउड अभिनेता सुनिल सेट्टिका छोरा अहान सेट्टि अहिले बलिउडमा पाइला चाल्ने अवस्थामा छन् । उनले आफ्नो पहिलो बलिउड डेब्यू सजिद नादियावालको फिल्मबाट गर्न लागेका हुन् । निर्माता तथा निर्देशक करण जोहरले यो कुरा ट्वीटरमा ट्वीट गरेपछि आहनलाई थुप्रै बलिउड कलााकरहरुको बधाइको ओइरो लागेको थियो ।

अभिनेता सलमान खान सुनिलको पारिवारिक मित्र हुन् । उनले सुनिलकी छोरी अथियालाई आफ्नो ब्यानरको फिल्ममा पहिलो पटक काम गर्ने मौका दिएका थिए ।

सलमानले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा अहानको फोटो राखेर केही सल्लाह र प्रोत्साहनका शब्दहरु लेखेर सेयर गरेका छन् । उक्त स्टेटसमा सलमानले अहानले सजिदको फिल्ममा काम गर्न लागेको खबरले आफू निकै खुसी भएको बताउँदै अहानलाई बलिउडमा स्वागत गरेका छन् ।

विशेष