खेल

प्रशिक्षक बिना म्यानचेस्टर युनाइटेड विजयी हुँदै सेमिफाइनलमा प्रवेश

प्रशिक्षक बिना म्यानचेस्टर युनाइटेड विजयी हुँदै सेमिफाइनलमा प्रवेश
मंसिर–१६ । इएफएल कप फुटबलको क्वाटर फाइनलको प्रतियोगितामा म्यानचेस्टर युनाइटेड विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा वेष्ट ह्यामलाई ४–१ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । प्रशिक्षक जोसे माउरिन्हो अनुपस्थित भएको खेलमा म्यानचेस्टर युनाइटेडको लागि जाल्टन इब्राहिमोविच र एन्थोनी मार्सलको २–२ गोल गरेका थिए । यसै साता इङ्लिस प्रिमियर लिगअन्तर्गत घरेलु ओल्ड ट्राफोडमा भएको खेलमा रेफ्रिले खराब निर्णय दिएको भन्दै पोर्चुगिज प्रशिक्षकले ‘टच लाइन’ मा राखिएको पानीको बोतललाई लात्तले हानेका थिए। उनलाइ अनुशासनको कार्यवाही स्वरुप एक खेलका लागि प्रतिबन्ध लगाइएको थियो । इब्राहिमोविचले खेलको दास्रो मिनेटमा गोल गर्दै अग्रता युनाइटेडलाई सुरुवाति अग्रता दिलाएका थिए । वेष्ट ह्यामका लागि एशले फ्लेचरले ३५ औँ मिनेटमा गोल फर्काएर पहिलो हाफ १–१ को बराबरीमा ल्याएका थिए । दोस्रो हाफको ४८ र ६२ औँ मिनेटमा मार्शलले गोल गर्दै युनाइटेडलाई ३–१ को अग्रता दिलाए । त्यसपछि पुन इब्राहिमोविचले इन्जुरी समयमा एक गोल गरेपछि युनाइटेड ४–१ ले विजयी भएको हो । म्याचेस्टर युनाइटेडले अब सेमिफाइनलमा हल सिटीसँग खेल्ने सम्भावना रहेको छ ।

EFL cup Manchester United west ham

विशेष