मनोरञ्जन

कट्रिनाले किन काम गर्न मानिनन् फिल्म हाल्फ गर्लफ्रेण्डमा ?

कट्रिनाले किन काम गर्न मानिनन् फिल्म हाल्फ गर्लफ्रेण्डमा ?
katrina-kaif-foodie_759
भारतीय चर्चित उपन्यास लेखक चेतन भगतको उपन्यास हाल्फ गर्लफ्रेण्डको कथालाई लिएर फिल्म बन्न लागेको छ । निर्देशक मोहित सुरीको निर्देशनमा बन्न लागेको फिल्म हाल्फ गर्लफ्रेण्डमा अभिनेत्री कट्रिना कैफलाई छनोट गरिएको थियो । अहिले एकाएक कट्रिनाले उक्त फिल्ममा काम नगर्ने निर्णय गरेकी छिन् । फिल्मको स्कृप्ट पढिसकेपछि स्कृप्ट राम्रो लागे पनि सुरुमा उक्त फिल्ममा काम गर्न उत्सासहित भएकी कट्रिनाले पछि काम गर्न मानिनन् । कट्रिनाले काम गर्न नमाने पछि मोहितले नायिका श्रद्धा कपूरलाई फिल्ममा लिएका छन् । फिल्ममा कट्रिनाको रोल एउटा कलेज पढ्ने केटीको भूमिका हुने र आफू उक्त रोल नहुसाउने र अजुर्न कपूरको अघि आफू ठूलो देखिने हुनाले उनले उक्त फिल्ममा काम गर्न मानिनन् । कट्रिनाको उक्त निर्णय मोहितलाई सान्दर्भिक र असल लागेको र उनले छिटै कट्रिनासँग अर्को फिल्ममा काम गर्ने बताएका छन् । फिल्ममा अभिनेताको रुपमा अर्जुन कपूर पहिल्यै छनोट भइसकेका थिए । — एजेन्सी

Chetan Bhagat Half Girlfriend Katrina Kaif

विशेष