खेल

जिदानका छोराले डेब्यु खेलमै गरे गोल

जिदानका छोराले डेब्यु खेलमै गरे गोल
मंसिर–१६ । फ्रान्सका महान खेलाडी जिनेदिन जिदानका छोरा इन्जोले स्पेनिस क्लब रियल म्याड्रिडबाट गरेको डेब्यु खेलमै गोल गरेका छन् । स्पेनिस कोपा डेल रेअन्तर्गत बुधबार राति भएको कल्चरल लियोनेसाविरुद्धको खेलबाट डेब्यु गरेका इन्जोले ६३ औँ मिनेटमा रियलबाट आफ्नो पहिलो गोल गरे । उनी दास्रो हाफपछि इस्कोको स्थानमा मैदान प्रवेश गरेका थिए । उक्त खेल रियलले ६–१ ले जितेको हो । उनी रियलको ५० खेलमा अतिरिक्त खेलाडीको रुपमा बेन्चमा बसेका थिए । ४४ वर्षीय जिदान रियल म्याड्रिडका वर्तमान प्रशिक्षक हुन् । उनले म्याड्रिडका लागि २ सय २७ खेल पनि खेलेका थिए । बुधबारको नतिजासँगै दुवै लेगमा १३–२ गोलको एग्रिगेटको आधारमा म्याड्रिड अन्तिम १६ मा प्रवेश गरेको छ ।

copa del re enzo Real Madrid zidan

विशेष