एमाले पार्टी कार्यालयमा अज्ञात व्यक्तिहरुद्वारा आगजनी

मंसिर १६ । नेकपा एमालेको नवलपरासीस्थित पार्टी कार्यालयमा अज्ञात ब्यक्तिहरुले आगजनी गरेका छन् ।
बुधबार राति अज्ञात व्यक्तिहरुले कार्यालयमा पेट्रोल छर्केर आगजनी गरेका हुन् । आगजनीबाट सचिव र उपसचिवको कार्यकक्षमा सामान्य क्षति पुगेको छ ।
अज्ञात समूहले कार्यालयको झ्यालका सिसासमेत तोडफोड गरेका छन् । नवलपरासीस्थित एमालेको पार्टी कार्यालयमा आगजनी भएको यो तेस्रोपटक हो ।
आगजनीमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Accident in Nawalparashi
Fire
UML