बुटवलमा प्रहरी र प्रर्दशनकारीबीच झडप

मंसिर – १६ । पाँच नम्बर प्रदेशका पहाडी जिल्ला छुट्याउने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको विरोधमा प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
अनिश्चितकालीन बन्द घोषणा गरिएको बुटवलमा दिउँसो प्रदर्शनकारीले पुष्पलाल पार्कमा रहेको स्तम्भ भत्काउन खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।
कुनै संस्था वा दलले नेतृत्व नगरेको सो प्रदर्शनकारीको समूहले स्तम्भ भत्काउने प्रयास गरेको थियो ।
प्रदशनकारीलाई रोक्न खोजेपछि प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगा हानेका थिए । प्रदर्शनकारीले स्तम्भको रेलिङ भाँचिदिएका छन् । प्रहरीले अहिले स्तम्भलाई घेरेर सुरुक्षा दिएको छ ।
पुष्पलाल पार्कमा पहिला राजा महेन्द्रको सालिक रहेको थियो । गणतन्त्र आएपछि माओवादीले त्यहाँ कम्युनिष्ट स्तम्भ स्थापना गरेका थिए ।
Butawal
jhadap

