समाज

दुईवटा गाविसको जिम्मेवारी पाएका सचिव ६५ लाख लिएर फरार

दुईवटा गाविसको जिम्मेवारी पाएका सचिव ६५ लाख लिएर फरार
मंसिर–१६। डोटी जिल्लाको दुईवटा गाविसको जिम्मेवारी पाएका सचिव ६५ लाख रुपैयाँ लिएर फरार भएका छन् । डोटी जिजोडामाण्डौ तथा पोखरी गाविसका सचिव ईश्वरबहादुर सिंह ६५ लाख रुपैयाँ लिएर फरार भएका हुन् । उनले सामाजिक सुरक्षा तर्फको ३९ लाख तथा पुँजिगत तर्फको २६ लाख गरी कुल ६५ लाख रुपैयँ लिएर फरार भएका हुन् । उनको खोजी तथा छानबिनका लागि जिल्ला विकास समिति डोटीले तीन सदस्यीय छानबिन टोली गठन गरेको छ ।

doti

विशेष