समाज

मुझुङबाट रु एक करोडको तरकारी बाहिरियो

मुझुङबाट रु एक करोडको तरकारी बाहिरियो
मंसिर–१६ । केही वर्षअघिसम्म बजारबाट तरकारी किनेर खाने पाल्पाकाे मुझुङवासी अहिले तरकारीखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । पहिला तरकारीका लागि बजारको भर पर्ने यहाँका किसान अहिले तरकारी उत्पादन गरेर बेच्न थालेका छन् । मुझुङ गाविसका युवाले तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि बाँझो जमिनमा धमाधम तरकारीखेती गर्दै आएका छन् । विशेषतः विदेशबाट फर्केका, नेपाल तथा भारतीय सरकारको जागिरबाट अवकाश प्राप्त, महिलाले तरकारीखेती गर्न थालेका छन् । मुझुङका अधिकांश किसानले तरकारीखेती गर्न थालेपछि गत वर्ष मात्र रु एक करोडभन्दा बढीको तरकारी रुपन्देही, स्याङ्जा, कास्कीलगायतका क्षेत्रमा बिक्री गरेका मुझुङ कृषि सहकारी संस्थाका सचिव राजु कार्की बताउँछन् । तरकारीखेतीबाट वार्षिक रु ५० हजारदेखि रु १० लाख आम्दानी गर्ने गरेका छन् । गाउँका सहकारीले उत्पादित तरकारी सङ्कलन गरी बजारीकरण गर्न थालेपछि किसानलाई राहत मिलेको बताइएको छ ।

Palpa vegetables

विशेष