भारतमा शक्तिशाली भूकम्प, नेपालको पश्चिमी क्षेत्रमा भागाभाग
मंसिर १६ । भारतमा गएको शक्तिशाली भूकम्पले नेपालको सुदूरपश्चिम क्षेत्र मध्यरातमा तरंगीत भएको छ ।
राष्टिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुशार सुदूरपश्चिमको दार्चुला जिल्लादेखि १५ किलोमिटर उत्तर पश्चिममा राति १० बजेर ३७ मिनेटमा शक्तिशाली भूकम्प गएको हो । केन्द्रका भूकम्पविद ठाकूरप्रसाद कँडेलका अनुशार यो भूकम्प भूकम्प गोर्खा भूकम्पको पराकम्पन होइन । नयाँ भूकम्प हो ।
यस भूकम्पले पुरयाएको क्षति अहिले नै भन्न नसकिने उनले जानकारी दिए । तर यो तहको भूकम्पले क्षति भने पुरयाएको हुने सक्ने उनले बताए ।