भष्मे डनको वर्षा राउतसँग बिहे मात्रै होइन...
मंसिर १७ ।
चलचित्र जात्रामा पहिलोपल्ट नायिकासँग अभिनय गर्नुभयो, कस्तो लाग्यो ?
–खासमा नायिकाको अपोजिट भएर अभिनय गर्दा अप्ठ्यारो होला भन्ने लागेको थियो । तर नायिका वर्ष राउतले मलाई राम्रो सहयोग गरिन् । वर्कसप हुँदादेखि नै हामी साह्रै नजिक भयौं । यसलो मलाई धेरै सजिलो बनायो । कतिसम्म भने हाम्रो छोरा भएर अभिनय गर्ने अरविन खड्का हाम्रै छोरा हुन् भन्ने लाग्थ्यो । वर्कसप र सुटिङभरि मात्रै होइन, आजभोलि पनि उनी हामीलाई ममी बाबा नै भनेर बोलाउँछन् । कहिलेकाही त हामी हाम्रो विवाह मात्र होइन, सन्तान नै भैसके भनेर झुक्किन्थ्यौं । (नायक विपीन कार्कीसँग भएको कुराकानीको अंश) –साप्ताहिकबाट