पैसा नभएर रुँदै दसैं मनाएकी धनीया कसरी बनिन् सफल

हास्य कलाकारका रुपमा ख्याती कमाएकी दीपाश्री निरौलाले हरेक विधामा आफूलाई उत्कृष्ट साबित गर्दे आएकी छन् । तीतो सत्य टेलिसिरियल बन्द गरी निर्देशनमा डेब्यु गरेको दिपाको छक्का पञ्जाले अहिले थुप्रै रेकर्ड बनाएको छ ।
तर उनले कलाकारिता क्षेत्रमा संघर्ष गर्ने क्रममा पैसा नभएर एक साल बुबाको हातको टीका लगाउन वञ्चित हुनु पर्यो । दसका बेला काठमाडौंबाट विराटनगर घर जाने गाडी भाडा नहुँदा २०५० सालको दसैं काठमाडौंमा रुँदै काट्नु परेको थियो ।
उक्त कुरा सुनेर बुबाले धेरै मन दुखाउनु भएको थियो । त्यसपछि दसैमा नियमित रुपमा बुबाको हातको दसैको टीका साइतमा नै लगाउँदै आएकी छु उनले आफ्नो तीतो अनुभव सुनाइन ।
साप्ताहिक
Deepa Shree Niraula