समाज

राजाले बोलाएका दिन शुक्रबार परेपछि प्रधानमन्त्री हुनबाट बञ्चित भएका यी अभागी नेता

राजाले बोलाएका दिन शुक्रबार परेपछि प्रधानमन्त्री हुनबाट बञ्चित भएका यी अभागी नेता

taranath-ranavat मंसिर १७ । पूर्वसभामुख एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाट अहिले पार्टीको महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि मात्रै हुन् । दस वर्षदेखि पदीय राजनीतिमा नरहेका उनी तत्कालीन पार्टी नेतृत्वले आफूजस्ता थुप्रै नेता–कार्यकर्तालाई बिनाकारण हैसियतविहीन बनाएको आरोप लगाउँछन् ।

फुर्सदिला नेता रानाभाटसंगको नेपाल साप्ताहिकसंगको कुराकानीको केही अंश तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले जुन आश्वासन दिएर मेरो सभामुख त्यागेर आन्दोलनमा सहभागी हुने दृढ इच्छाशक्तिलाई संसद् पुनस्जीवित गर्ने काममा प्रयोग गर्नुभयो, पछि उहाँले त्यसलाई सार्वजनिक नगरिदिँदा यस्तो हुन गएको हो ।

त्यतिबेला उहाँले खटाएका करिब डेढ दर्जन तथाकथित नेता, जो सबै थाहा पाएर पनि बुझ पचाएर बसेका छन्, ले उजागर नगर्दा अहिलेको अवस्था सिर्जना भएको हो । गिरिजाप्रसाद कोइरालाले साँचो कुरा भन्न सक्नुभएन, त्यसैले गर्दा तारानाथ रानाभाटको राजनीतिक हत्या भयो । १८ असोज ०५९ पछि लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा प्रधानमन्त्री भए ।

थापाको राजीनामापछि राजाले मलाई प्रधानमन्त्री हुन सल्लाह गर्न बोलाउनुभयो । प्रधानमन्त्रीले आफ्ना मन्त्री छान्न पाउनुपर्ने स्वतन्त्र अधिकार दिने हो भने ठीक छ भनेँ । सभामुखलाई प्रधानमन्त्री बनाउने कुरामा समेत सहमत भएर त्यसबेला मलाई प्रस्ताव गरिएको थियो । दिन पनि तोकियो, शुक्रबारको दिन र्पयो । दरबार र शुक्रबारबीचको अचम्मको संयोग भएकाले शुक्रबार नगरौँ भनेँ । र, राजाबाट पनि ‘हुन्छ’ भनियो ।

अर्को दिन प्रधानमन्त्री हुन सम्पूर्ण तयारी पूरा गरियो । दरबारबाट पशुपतिभक्त महर्जनको फोन आयो । उनी त सभामुखबाट राजीनामा दिएको पत्र लिएर आउनू पो भन्छन् । राजा र मबीच त्यस्तो कुरा भएको थिएन । सभामुख पदसहित प्रधानमन्त्री बनाउने सल्लाह भएको थियो । महर्जनको फोनपछि मैले आउँदिनँ भनिदिएँ ।

त्यसपछि तुरुन्तै दरबारमा बैठक बसेर शेरबहादुर देउवालाई बोलाइयो र उहाँ प्रधानमन्त्री हुनुभयो ।

Taranath Ranavat

विशेष