Technology

टेलिकमले बाड्यो ९० हजारलाई निशुल्क सिमकार्ड

टेलिकमले बाड्यो ९० हजारलाई निशुल्क सिमकार्ड

nepal-telecom मंसिर १७ । नेपाल टेलिकमको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयले रुपन्देही, नवलपरासी र कपिलवस्तुका ग्रामीण क्षेत्रहरूमा मोबाइलको सिमकार्ड निःशुल्क वितरण गरेको छ ।

टेलिकमको क्षेत्रीय निर्देशनालयले ग्रामीण क्षेत्रका जनतामा दूरसञ्चारको पहुँच पु¥याउन भन्दै मोबाइलको सिम निःशुल्क वितरण गरेको हो । निर्देशनालयका निर्देशक सिद्धप्रताप भारतीले एउटा जिल्लामा ३० हजारका दरले ९० हजार सिमकार्ड वितरण गरेको जानकारी दिए ।

उनले निःशुल्क वितरण गरिएको सिमकार्डमा सेवाग्राहीले ५० रुपैयाँ मूल्यबराबरको कुरा गर्न (टक भ्यालु) समेत पाउने बताए । उनले सिमकार्ड लिएकाहरूको व्यक्तिगत विवरण फाराममा उल्लेख गरिएका कारण सिमकार्ड दुरुपयोग हुने सम्भावना नरहेको पनि बताए ।

निर्देशनालयले तिन जिल्लामा सिमकार्ड निःशुल्क वितरणका लागी भैरब फोटो एन्ड मल्टी सप्लायर्स (बुटवल), ई–फोटो सेवा (कपिलवस्तु) र ग्यालेक्सी इन्टरनेसनल ट्रेड सेन्टर (नवलपरासी)लाई एजेन्टको रूपमा चयन गरेको थियो ।

nepal telecome NTC nepal

विशेष