कुटपीटको विराेधमा पत्रकार आन्दोलित
मंसिर–१७ । पत्रकारलाई कुटपीट र दुव्र्यवहार गरेको भन्दै सप्तरीका प्रहरी प्रमुखविरुद्ध नेपाल पत्रकार महासंघ सप्तरीले आन्दोलन सुरु गरेका छन् । सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीलाई तत्काल सुरुवा गर्नुपर्ने माग गर्दै स्थानीय पत्रकारहरु शुक्रबारदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।
गत मंसिर ११ गते योगगुरु रामदेवको सप्तरीको छिन्नामस्ता मन्दिर भ्रमणका क्रममा प्रहरी उपरीक्षक लोहनीले आफैँले पत्रकार चन्दन यादवलाई कुटपीट गर्दै अन्य पत्रकारहरुलाई समेत दुव्र्यवहार गरेका थिए ।
पत्रकारमाथि कुटपीट भएपछि नेपाल पत्रकार महासंघ सप्तरीले प्रमुख जिल्ला अधिकारीमार्फत् गृहमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै एसपी लोहनीलाई ४८ घण्टाभित्र सरुवा गर्न माग गरेको थियो । तर, पत्रकारहरुको ज्ञापन पत्रप्रति सरकारी स्तरबाट कुनै चासो नदेखाइएपछि शुक्रबार आन्दोलन गर्ने निर्णय गरिएको बताइएको छ ।
Patrakar
Saptari