समाज

विद्युत् चोरी गर्ने ३६८ जना कारबाहीमा

विद्युत् चोरी गर्ने ३६८ जना कारबाहीमा
मंसिर–१७ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले हुकिङ गरी विद्युत् चोरी गर्ने ३६८ जनालाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०७३÷७४ को साउनदेखि मङ्सिरको हालसम्म जिल्लामा हुकिङ गरी विद्युत् चोरी गर्नेलाई कारवाही गरिएको हो । व्यापक विद्युत् चोरी भइरहेको भन्दै जिप्रका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले गरेको अनुगमनबाट विद्युत् चोरी गर्नेलाई पक्राउ गरी कारबाही गरेको केन्द्रका प्रमुख रामउद्गार साहले बताए । पक्राउ गरेकाहरुबाट करिब रु २९ लाख ५७ हजार भन्दा बढी राजस्वसमेत असुली गरेको उनले जानकारी दिए । यस्तै विद्युत् चोरी गर्नेहरुको साथबाट विद्युत् उपकरणसमेत बरामद गरिएको बताइएको छ । जिल्लामा सञ्चालन गरिएको विद्युत् चुहावट नियन्त्रण अभियान प्राधिकरणले जारी नै राखेको छ । त्यस्तै प्राधिकरणले साउनदेखि मङ्सिरको दोस्रो सातासम्म लगभग पाँच हजारभन्दा बढी घरमा लगाइएको हुकिङ हटाएको प्रमुख साहले बताएका छन् ।

Electricity

विशेष