लागुऔषधसहित दुई पक्राउ

मंसिर–१७ । प्रहरीले सप्तरीको हनुमाननगर योगिनीमाई नगरपालिका–८ बाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय हनुमानगरबाट गएको प्रहरीले सो ठाउँमा चेकजाँच गर्ने क्रममा वडा–४ बस्ने ४५ वर्षीया सीताराम चौधरी र ४० वर्षीया जगदीश सदालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भारतबाट लुकाइछिपाई ल्याउँदै गरेको ४०० बोतल लागुऔषध कोरेक्ससहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।
यस्तै इलाका प्रहरी कार्यालय मोहलीले जिल्लाको बक्दुवा गाविस–२ स्थित करेसाबारी छेउमा रोपेको ७५ वटा गाँजाका बोट नष्ट गरेको छ ।
Drug
Saptari