अर्थ देश

नवलपरासीमा तेस्रो उद्योगीक व्यापार मेलाको तयारी तिब्र

नवलपरासीमा तेस्रो उद्योगीक व्यापार मेलाको तयारी तिब्र
pradashni मंसिर – १७, नवलपरासी । नवलपरासीको सुनवलमा आयोजना हुन लागेको तेश्रो पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यापार मेला २०७३ को तयारी तिब्ररुपमा भैरहेको छ । ओद्योगिक व्यापार मेला आगामी मंसिर २३ गतेदेखि पुष ३ गतेसम्म संचालन हुन लागेको हो । मेलामा कृषि, पर्यटन, उद्योग व्यपार एवं सूचना प्रविधिको वृहद प्रर्शनी हुने छ । जिल्लाका कृषिजन्य उपज बस्तु तथा धार्मिक एवं पर्यटकयि क्षेत्रहरुको राष्ट्रिय एवं अन्तर्राष्ट्रिसम्म प्रचार–प्रसारका उद्देश्यले मेला आयोजना गरिएको हो । उद्योग वाणिज्य संघ नवलपरासीले गर्न लागेको मेलाको ‘शान्ति समृद्ध उद्योग र व्यापार, राष्ट्र निर्माणको बलियो आधार’ मुल नारा बनाइएको छ । जिल्लालाई कृषि पर्यटन र औद्योगिक जिल्लाको रुपमा परिचत गराउदै जिल्लाको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गराउने यस मेलाको उद्देश्य रहेको संघका अध्यक्ष भिम बहादुर थापाले बताए । थापाका अनुसार जिल्लाका कृषि उपजहरु तथा उद्योग उत्पादका बस्तुहरुको वृहत प्रदर्शनी गर्ने र महत्वपुर्ण धार्मिक एवं पर्यटकिय क्षेत्र, रामग्राम स्तुप, पण्डितपुर देवदह, त्रिवेणीधाम, नन्दन ताल, मौलाकालिका, मदारबाबा, थारु भिलेज र मौलाकालि लगायतका धार्मिक स्थलहरुको वृहत प्रचारप्रसार गरि आन्तरिक तथा बाह्य पर्यटकसमेत जिल्लामा भित्राउने मेलाको उद्देश्य रहेको छ । मेलाको बाण्डरी, गेट, मञ्च, स्टल निर्माण, बालउद्यान, पोखरीहरुको निर्माण कार्य तिब्र रुपमा भैरहेको उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले जानकारी दिए । भगवान गौतम बुद्धको आमाको मायादेवि मन्दिरको आकारमा मेलाको मुल गेटमेलाको मुख्य आकर्षणको रुपमा रहने उनले बताए । मेलामा सूचना प्रविधि (आईटी,) कृषि, पर्यटन, सांस्कृति, बाल उद्यान र डुंगा सफारी, हेलिकप्टर उडानलगायत मेलाका आकर्षणको रुपमा रहने उनको भनाइ छ । जिल्लाको समग्र आर्थिक, विकासका लागि जिल्लाको कृषि एवं उद्योगका उत्पादित बस्तहरुको प्रबद्र्धन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रि बजारसम्म पुर्याउने मेलाको लक्ष्य बोकेको संघका महासचिव गिरीराज पाण्डेयले बताए । मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, खेलौना, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटनर सूचना केन्द्र एबं प्रबद्र्धन लगायतका स्टलहरु राखी वृहद प्रदर्शनी गर्ने संघका महासचिव पाण्डेयले बताए । मेलामा करिब २ सय व्यापारिक स्टलहरुको व्यवस्थापन मिलाइएको छ । मेलाको व्यापक प्रचार–प्रसारले नेपाल भारत गरि ३ लाख दर्शकले मेला अवलोकन गर्ने तथा मेलामा करिब ७ करोड बराबरको आर्थिक कारोबारसमेत हुने संघले अनुमान गरेको छ ।
- रबिन्द्र यादव / नवलपरासी

विशेष