स्वास्थ्य

अब नेपालमै कलेजो प्रत्यारोपण हुने

अब नेपालमै कलेजो प्रत्यारोपण हुने
liver
मंसिर – १७ । स्वास्थ्य मन्त्रालयले ल्याउन लागेको नयाँ नियमावली नेपालमै कलेजो प्रत्यारोपण शुरु गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले ल्याएको मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यरोपणको बाटो खुल्ला गरेको हो । नियमावलीले कलेजो प्रत्यारोपणसँग ब्रेन डेथबाट मृत्यू भएकाहरुको आठ वटा अंग लिने र प्रत्यारोपण गर्ने बाटो समेत खुल्ला गरेको छ ।स्वास्थ्यमन्त्री गगन कुमार थापाले मन्त्रालयको पदभार सम्हालेसँगै ६ महिना भित्र नेपालमा कलेजो प्रत्यारोपण शुरु गर्ने घोषणा गरेको थिए । उनको घोषणा तीन महिनामै पूरा हुन लागेको हो । नेपालका कलेजो रोगीहरुले कलेजो प्रत्यारोपण गर्न चाहेपनि नियमको अभावमा विदेशमा गएर ठूलो रकम खर्च गरेर प्रत्यारोपण गर्दै आएका थिए । कलेजो प्रत्यारोपणमा विदेशमा एक करोड रुपैयाँसम्म खर्च हुने गरेकोमा नेपालमा १५ देखि २० लाख रुपैयाँमा प्रत्यारोपण गर्ने तयारी गरिरहेको मानव अंग प्रत्यारोपण केन्द्रको भनाइ छ ।

health ministry Liver Donation

विशेष