समाज

देशलाई जातीय द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप

देशलाई जातीय द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप
मंसिर–१७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ठूला दलको असक्षमता, अर्कमण्यता र सत्तालिप्साका कारण देश कहालीलाग्दो भुमरीमा फस्न लागेको बताएका छन् । पार्टी एकतापछि शुक्रबार अायोजित कार्यकर्ता भेलामा अध्यक्ष थापाले नेपाली काँग्रेस, नेकपा (एमाले) र (माओवादी केन्द्र)ले देशलाई जातीय द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाए । देशमा राष्ट्रवादी शक्तिको खाँचो रहेका कारण राप्रपा र राप्रपा नेपाल एक भएको भन्दै उनले मधेसलाई छुट्टै राज्य दिन नहुने बताए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले संविधान कार्यान्वयनका पक्षमा सङ्गठित भएर लाग्न पार्टी एकता महत्वपूर्ण हुने बताए ।

kamal Thapa

विशेष