स्वास्थ्य

अब जीवीत शरिरबाट पनि मुटु झिकेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्न पाइने

अब जीवीत शरिरबाट पनि मुटु झिकेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्न पाइने

मंसिर १८ । दाता अभावमा मिर्गौला प्रत्यारोपण गर्न नसकिरहेका बिरामीले अब नयाँ जीवन पाउने भएका छन् । सरकारले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गाैलालगायत महत्वपूर्ण अंग झिकेर बिरामीमा प्रत्यारोपण गर्न कानुनी बाटो खुला गरिदिएको छ ।

स्वास्थ्य मन्त्रालय र भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले तयार पारेको अंग प्रत्यारोपण नियमित तथा निषेध नियमावली २०७३ मन्त्रिपरिषदबाट पारित भएपछि सडक दुर्घटना वा अन्य कुनै कारणले आकस्मिक रुपमा मस्तिष्क मात्रै मृत्यु भएका व्यक्तिको मिर्गौलो फोक्सो मुटु, प्यांक्रियाज, सानो आन्द्रा, आँखा लगायत महत्वपूर्ण अंग झिकेर २४ घण्टाभित्र अर्काे व्यक्तिमा प्रत्यारोपण गर्न बाटो खुलेको छ । –अन्नपूर्ण पोस्टबाट

विशेष