स्वास्थ्य

गोविन्द केसीको बालहठका कारण मैले डिनबाट हात धुनु पर्यो

गोविन्द केसीको बालहठका कारण मैले डिनबाट हात धुनु पर्यो

मंसिर १८ । २० दिन अघि आइओएम डिन नियुक्त भएका डा. केपी सिंहले शुक्रबार राजीनामा दिएका छन् । अनशनरत सहकर्मी डा. केसीको जीवनरक्षाका लागि राजीनामा दिएको उनले बताए ।

राजीनामामा डा. सिंहले केसी अस्वभाविक समूहको चुंगलमा पर्दै व्यक्तिवादी चिन्तन शाबी हुन पुग्नु ज्यादै दुःख लाग्दो पक्ष हो । उहाँले हासिल गर्नुभएको उचाई अहिले आएर विवाद र सोचनीय रुपमा परिणत हुन पुगेको हुँदा मलाई ज्यादै दुःख लागेको छ ।

संस्थानको विकासका लाग मैले पनि ३० वर्ष महत्वपूर्ण योगदान दिएको सबैलाई थाहा छ । त्यसका बाबजुद मित्र केसीका विगतका नौवटै अनशनका बेला उनको माग पूरा गराउन र उनको जीवन रक्षाका लागि म अहोरात्र खट्दै आएको विदितै छ । सिंहले उल्लेख गरेका छन्, ‘विडम्बनापूर्ण नै भन्नुपर्छ । मेरो मित्रले मैले डिनको जिम्मेवारी सम्हाल्र्दै गर्दै उहाँलाई अशोभनीय लाग्दै ३० वर्षको मेरो योगदान र मेरो वरिष्ठताका आधारमा अवमूल्यन गर्नुले मलाई मात्रै होइन, मेरा सहकर्मी सबैलाई अचम्मित तुल्याएको छ ।

डा. सिंहले विगतका डिनका सम्बन्धमा जसले जिम्मेवारी सम्हाले पनि डा. केसीलाई फरक नपरेको तर आफ्नो जीवन दाउरमा राखेर जिम्मेवारीका साथ योगदानलाई समेत प्रश्न उठाउँदै बालहठ प्रदर्शन गर्नुभएको छ । –अन्नपूर्ण पोस्टबाट

विशेष