जंगली हात्तीको आक्रमणमा ३५ को मृत्यु
मंसिर १८ । वन्यजन्तुको आक्रमणमा परी करिब सत्र वर्षका अवधिमा बर्दियामा तीसभन्दा बढीको मृत्यु भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख रमेशकुमार थापाका अनुसार २०५६ देखि २०७३ भदौ मसान्तसम्म जंगली हात्तीको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ । सरकारले उनीहरुका परिवारलाई राहतस्वरुप २५ हजारदेखि एक लाखसम्म राहतसमेत वितरण गरेको छ ।