विमान दुर्घटनाबाट बाचेका खेलाडी मैदानमा फर्किने सम्भावना
मंसिर–१८ । ब्राजिलको ‘ए’ डिभिजन क्लब चापाकोइन्सेको खेलाडी बोकेको विमान कोलम्बियामा दुर्घटना भएपछि बाच्न सफल भएका ब्राजिलियन खेलाडी हेलिओ नेटो पुनः फुटबल मैदानमा फर्किने भएका छन् ।
विमान दुर्घटनामा ७७ जना निधन भएको घटनामा तीन फुटबल खेलाडीको जीवित उद्धार गरिएको थियो । जसमा डिफेन्डर एलन रुस्चेल र गोलकिपर ज्याक्सन फोलम्यानसँगै नेटो पनि थिए ।
नेटोका बुवाले फेसबुकमार्फत यसको खुलासा गरेका हुन् । ३१ वर्षीय डिफेन्डरका बुवाले भने–‘जुन प्रकारले छिटो छिटो उसको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । म विश्वस्त छु, ऊ चाँडै मैदानमा फर्किने छ ।’ उनले छोराको उपचारमा खटिएका चिकित्सकले आफूलाई यस विषयमा विश्वस्त तुल्याएको बताएका छन् ।
यस्तै, आजीवन व्हीलचेयरको सहाराले हिँडडुल गर्न सफल हुने बताइएका अर्का डिफेन्डर रुस्चेल पनि केही समयपछि आफै हिँड्न सक्ने बताइएको छ । गोलकिपर फोलम्यानको पनि स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकले बताएका छन् । –एजेन्सी