मोटोपनको कारण भात खान छोड्दै हुनुहुन्छ ? एक पटक यो पनि पढ्नुहोस्
नेपालीको भान्छामा भात बिहान बेलुका हरेकसमय पाक्ने गर्छ । तर आजभोलि मानिसहरु भातका कारण मोटोपन बढेको भनेर भात खान कम गरेका छन् ।
एक अध्यनले भने भात खाँदा स्वास्थ्यका लागि धेरै फाइदा हुने देखाएको छ । भात पोषक तत्वले भरिपूर्ण रहेको र यसले मोटो पन घटाउन पनि मद्धत गर्छ ।
अनुसन्धानकर्ता अनुसार भातमा पोटासियम म्यग्नेसियम, आइरन, फोलेट र फाइबर जस्ता पोषक तत्व अधिक मात्रामा हुन्छ भने सैचुरेटेड फ्याट्स र सुगर कम मात्रा मात्रामा हुन्छ ।
यसैकारण भात तौल बढाउन नभई घटाउनका लागि निक्कै फाइदाजनक मानिन्छ । भातको साथमा फल साग सब्जी र गेडागुडी पनि खाँदा शरीर फिट राख्न सहज हुने अनुसन्धानकर्ताको भनाइ छ ।
भातले पेट भरिएको आभास छिटो दिने हुँदा पनि अधिक खाना खानबाट बचाउने शोधकर्ताको तर्क छ । जसकारण यसले तौल घटाउन निकै मद्दत पुर्याउँछ । –एजेन्सी