समाज

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु
मंसिर–१८ । मेची राजमार्गअन्तर्गत पाँचथर भारता–५ स्थित गुराँसे भन्ने स्थानमा शनिबार बिहान ट्रक दुर्घटना हुँदा ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिङ–८ लालीखर्कका ३० वर्षीय मनकुमार राई रहेका छन् । झापाबाट ताप्लेजुङतर्फ जाँदै गरेका मे १ ख १८४९ नम्बरको ट्रक सडकबाट करिब दुई सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ट्रक चालक निदाएका कारण उक्त दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ ।

panchthar road accident

विशेष