मनोरञ्जन

जातीय विभेद् विरुद्धको चलचित्र निर्माण

जातीय विभेद् विरुद्धको चलचित्र निर्माण
diff मंसिर १८ । स्थानीय कलाकारको प्रयासमा जातीय विभेद् विरुद्धको लघु चलचित्र ‘छोई छिटो’को निर्माण कार्य सम्पन्न भएको छ । केएस फिल्मस् र आश फिल्मस्को ब्यानरमा निर्माण गरिएको यो चलचित्रको निर्देशन तथा निर्माण करन विक र पत्रकार सीताराम ओझाले गरेका हुन् । नेपाली समाजमा कायम रहेका विभेद् हटाउन र सामाजिक जनचेतना फैलाउन यो चलचित्र निर्माण गरिएको निर्देशक विकले बताए । चलचित्रमा करन विक, सीताराम ओझा, सुरेश, भट्ट रमिला कार्की, रामुजी रोइला, मीना सोव, भद्धर विष्टलगायतका कलाकारले अभिनय गरेका छन् । सत्य घटनामा आधारित लघु चलचित्रको कथाकार रमेश पाल छन् । कार्यकारी निर्मातामा मुकुन्द भट्ट र मुख्य सहायक निर्देशकमा दिनेश भण्डारी रहेको सो चलचित्र धनगढीलगायत देशका विभिन्न स्थान र विदेशमा समेत प्रदर्शनको तयारी भइरहेको निर्माता तथा कलाकार सीताराम ओझाले बताए ।

chuwachut ko chalchitra

विशेष