डा भट्टराईद्वारा डा केसीको ज्यान रक्षा गर्न सरकारलाई आव्हान
[caption id="attachment_42431" align="alignnone" width="960"] तस्बिर: डा बाबुराम भट्टराईको फेसबुक पेजबाट[/caption]
मंसिर – १८ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रा डा. गोविन्द केसीको ज्यान रक्षा गर्न सरकारलाई आव्हान गरेका छन् । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै २१ दिनदेखि अनसनरत डा. केसीको पक्षमा सरकारलाई दबाब दिन शनिबार काठमाडौंमा भएको जनप्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै डा भट्टराईले केसीले मागहरु पूरा गर्दै उनको जीवन रक्षा गर्न सरकारलाई आव्हान गरेका हुन् । डा. केसीको ज्यान जोखिममा पर्नु भनेको करोडौं नेपालीहरुको ज्यान जोखिममा पर्नु भएकोले तत्काल उनको माग सम्बोधन गर्दै मुलुक र राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने उनले बताए । देशमा डा केसी पटकपटक अनसन बस्नुपर्ने जड कारण खोजेर त्यसको उपचार गर्नुपर्ने बताउँदै उनले भने, ‘जबसम्म शिक्षा र स्वास्थ्य जुन प्रत्येक मानिसको जन्मसिद्ध अधिकार हो, यसमा भएको व्यवसायिकरण रोकिंदैन अनि शिक्षण संस्थामा राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति गर्ने परिपाटी रोकिंदैन गोविन्द केसीहरु अनसन बस्ने अवस्थाको अन्त्य हुँदैन ।’ डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टी प्रा. डा. गोविन्द केसी