देश

संविधानको व्यवस्था अनुसार सबै क्षेत्रमा अपाङ्गको प्रतिनिधित्व हुनु पर्ने

संविधानको व्यवस्था अनुसार सबै क्षेत्रमा अपाङ्गको प्रतिनिधित्व हुनु पर्ने
rabindra-yadav मंसिर – १८, परासी । नवलपरासीका अपाङ्गहरुले संविधानमा व्यवस्था गरे अनुसारका सबै सेवा सुविधामा अपाङ्गहरुको प्रतिनिधित्व हुनु पर्ने माग गरेका छन् । २५आैँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको असरमा सदरमुकाम परासीमा आयोजित कार्यक्रममा अपाङ्गहरुले संविधानमा व्यवस्थाअनुसारको सेवा सुविधाहरु हामीले नपाएको गुनासो गर्दै यसलाई पूर्णरुपले कार्यान्वय गर्न सरकार संग माग गरेका हुन् । जिल्लामा करिब १२ हजार अपाङ्गता भएका व्यक्ति छन् तर ५ हजार ५ सयले मात्र अपाङ्गता अहिलेसम्म परिचय पत्र पाएका छन्, जसमा ६ हजार ५ सयले अझै परिचय पत्र पाएका छ्रैनन् । अपाङ्गहरु यातायातका साधनमा यात्रा गर्दा आरक्षित सिट, भाडा छुट, शिक्षक, कर्मचारी कोटामा समावेशिता, विद्यालयहरुबाट अपाङ्ग विद्यार्थीलाई प्रदान गरिने सेवा सुविधा र सम्बन्धित निकायबाट लक्षित कार्यक्रमहरु समेतमा अपाङ्गहरुलाई वेवास्ता गरिदै आइएको मधेशी अपाङ्ग महासंघका राष्ट्रिय उपाध्यक्ष बच्चाराज भरले गुनासो गरे । संविधनमा अपाङ्गका लागि सबै व्यवस्था भएर पनि अझै कार्यान्वयन नभएको भन्दै सबैतिरबाट आफूहरु हेपिदै आएको र अधिकांश सेवा सुविधाहरुबाट बन्चित रहनु परेको उनीहरुको गुनासो छ । अपाङ्ग अझैपनि अवस्था छ । अपाङ्ग व्यक्तिहरुलाई परिचय पत्र, शिक्षा, रोजगारी, शिपमुलक तालिम र सबै क्षेत्रमा समावेशी गराउनु पर्ने अपाङ्गहरुले यसै मंचबाट माग गरेका थिए । जिल्लामा रहेका अपाङ्ग व्यक्तिहरुलाई क,ख,ग र घ वर्ग गरि ४ प्रकारका अपाङ्ग परिचय पत्र वितरण भैरहेको महिला तथा बालबालिका कार्यालयकि कार्यालय प्रमुख उर्वरा लुईटेलले बताइन् । लुईटेलका अनुसार अपाङ्ग क्षेत्रमा आएको बजेट पूर्णरुपले अपाङ्गहरुकै क्षेत्रमा खर्चिने गरिएछ भने अपाङ्ग विद्यार्थीहरुलाई शिक्षा, खानबस्नको व्यस्था समेत मिलाईदै आइएको छ । यस कार्यालयबाट अपाङ्गहरुको परिचय पत्र, ह्वीलचेयर, बैशाखी, अपाङ्गभत्ता र सबै प्रकारको सेवा दिदै आइएको प्रमुख लुईटेलले दाबी गरिन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रममा पत्रकारिता खेलकुद, सांस्कृतिक, कर्मचारी र शिक्षा क्षेत्रमा राम्रो काम गर्दै आएका दर्जनभन्दा बढि अपाङ्गहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा अपाङ्गहरुलाई विभिन्न क्षेत्रमा अवसर दिने र सरकारद्वारा प्रदान सेवा सुविधाहरुमा अपाङ्ग व्यक्तिहरुलाई प्राथमिकतामा राखी काम गर्ने विभिन्न सरोकारवालाहरुले बताएका थिए ।
पत्रकार यादव सम्मानित त्यसैबीच नवलपरासी जिल्लामा कार्यरत अपाङ्ग पत्रकार रबिन्द्र यादवलाई सो कार्यक्रममा सम्मान गरिएको छ । पत्रकार यादवले लामो समयदेखि अपाङ्ग वर्गको प्रतिनिधित्व गर्दै कलम चलाउँदै आएका थिए । पत्रकार यादवको कार्यको उच्च मुल्याङ्कन गरिदै प्रमाण पत्र सहित सहायक जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाले दोसल्ला ओढाई सम्मान गर्नु गरेका थिए । यादव नवलपरासी जिल्लाका एक मात्र अपाङ्ग पत्रकार रहेका छन् । नवलपरासीको विकट क्षेत्र गुठी पर्साैनी घर भएका यादव विगत ५ वर्षदेखि रेडियो दाउन्ने, रेडियो नवलपुर र दर्जनभन्दा बढि अनलाईनमा समाचार सम्प्रेषण गरि पत्रकारिता गर्दै आएका छन् । हाल यादव रिपोटर्स क्लब नवलपरासी शाखाको कोषाध्यक्षको कार्यभार समाल्दै आएका छन् ।
– रबिन्द्र यादव । नवलपरासी

अपाङ्ग नवलपरासी

विशेष